नियम १५
उपभोग्य वस्तुको लेबलमा खुलाउनु पर्ने अन्य कुराहरू

(१) उत्पादकले ऐनको दफा ९ बमोजिम उपभोग्य वस्तुको लेबलमा खुलाउनु पर्ने अन्य कुराहरू देहाय बमोजिम हुनेछन्ः

(क) कुनै उपभोग्य वस्तु कुनै निश्चित समय भन्दा अघि प्रयोग गरेमा बढी राम्रो हुने भए सो कुरा ।

(ख) उपभोग्य वस्तुमा लाग्ने सबै कर समावेश गरी हुन आउने अधिकतम खुद्रा बिक्री मूल्य ।

(ग) कुनै उपभोग्य वस्तु प्रयोग गर्नु पूर्व कुनै प्रक्रिया पूरा गर्नु पर्ने भए सो प्रक्रिया र सो प्रक्रिया नपु¥याई सो प्रयोग गर्दा हुने हानी समेत ठूलो

अक्षरमा लेख्ने ।

(घ) स्वास्थ्यलाई हानी पु¥याउने खालका पदार्थहरूको लेबलमा अनिवार्य रूपमा “यसको सेवन स्वास्थ्यको लागि हानीकारक छ” भन्ने चेतावनी

उल्लेख गर्नु पर्नेछ ।

(२) ऐनको दफा ९ र उपनियम (१) बमोजिम लेबलमा लेख्नु पर्ने कुरा नलेखिएको उपभोग्य वस्तु कसैले आयात गरेमा त्यस्ता वस्तु आयात गर्ने व्यक्तिले नै त्यस्ता कुराहरू उपभोग्य वस्तुको लेबलमा उल्लेख गरी बिक्री वितरण गर्नु पर्नेछ